प्रधानमन्त्रीले दिए मन्त्री र सचिवहरुलाई कडा निर्देशन


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन साहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गरेका प्रधानमन्त्री साहले ब्रिफिङ लिँदै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री साहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरुले स्वागतसहित ब्रिफिङ गरेका थिए ।