काठमाडौँ । संविधानविद् डा. भीमार्जुन आचार्यले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार राति सामाजिक संजालमार्फत आचार्यले गाईको निवन्ध लेख्नु भनेकोमा गधाको निवन्ध लेखेको टिप्पणी गरेका हुन् ।
उनले भदौ २३ र २४ को संवेदनशील अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यस दिन खास केही भएकै थिएन जस्तरी प्रतिवेदन बनाउन आयोग सफल भएको बताएका छन् ।
उनले भनेका छन्, ‘गाईकोबारेमा निवन्ध लेख्न भनेकोमा लद्दु विद्यार्थोले चार वटा खुट्टा त मिल्छ नि भनेर गधाको निवन्ध लेखेर कपी बुझाए जस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन । भदौ २३ र २४ को त्यति संवेदनशील अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यस दिन खास केही भएकै थिएन जस्तरी प्रतिवेदन बनाउन आयोग सफल भयो । उक्त घटनाका योजनाकार र संलग्नहरूको चाहना यही थियो, शायद पुरा भयो । देश अझैं देश जस्तो हुन सकेन । जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनता भन्दा अरूका सेवक जस्ता भए र देखिए ।’
आयोगको प्रतिवेदन बुधबार संचारमाध्यमार्फत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया