दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका युवकको शव फेला


बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । निकुञ्जको बबई उपत्यका रातामाटे क्षेत्रमा सुर्खेत बराहताल गाउँपालिका–२ रानीपुरका ३३ वर्षीय टोपबहादुर खत्रीको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीले जानकारी दिए ।

सिकार खेल्न गएका अन्य पाँच जना भने बर्दिया हुँदै भारततर्फ फरार भएको प्रहरीले जनाएको छ । फरार भएकामा बराहताल गाउँपालिका–१ ज्यामिरेका रेशम सम्सेली, रविलाल दमाई, रामबहादुर घर्ती, सुनिल सम्सेली, दुर्गाबहादुर सिंजाली रहेको प्रहरी प्रमुख शााहीले बताए ।
उनका अनुसार बर्दियास्थित इलाका प्रहरी कार्यालय बगनाहाको सहयोगमा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।