चितवनमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु


चितवन । रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ बर्षीया मीना रेग्मी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु२ख २८९४ नम्बरको ट्याङ्करले भित्री सडकबाट निस्किँदै गरेको ना५५प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ठक्करबाट स्कुटरको पछाडी सवार रेग्मीको मृत्यु भएको हो । सो ट्याङ्करले रोकि राखेको ना ६५प ७८८३, ना५५प ८०८३ नम्बरको मोटरसाइकल र एउटा साइकललाई समेत ठक्कर दिएको थियो ।

स्कुटर चालक भरतपुर महानगरपालिका–७ का पूर्ण सापकोटा सामान्य घाइते भएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए। राप्ती नगरपालिका–७ का २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।