काठमाडौँ । गत फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ सोमबार हुने भएको छ । केसीको शपथ भोलि बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने र उनैले अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउने कानुनी व्यवस्था छ ।
संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ । उनीहरूलाई केसीले शपथ खुवाउनेछन् ।

प्रतिक्रिया