काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको भ्रमणमा गएकी छन् । त्यसक्रममा बिहीबार प्रधानमन्त्रीले रारा तालको भ्रमण पनि गरेको उनको सचिवालयले जानकारी दिएको छ । त्यसअवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
प्रधानमन्त्रीले भनिन्, ‘कर्णालीको विकट भौगोलिक अवस्था र सीमित स्रोत साधनका बाबजुद निर्वाचन सफल पार्न भूमिका खेल्ने सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ।’ यसअघि निर्वाचनको तयारीबारे जानकारी लिनेक्रममा पोखरा, मुक्तिनाथ, ताप्लेजुङको पाथीभरा पनि पुगेकी थिइन् ।




प्रतिक्रिया