काठमाडौंको भृकुटीमण्डपमा ‘२७औँ फ्लोरा एक्स्पो’ सुरु


काठमाडौँ । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा ‘२७औँ फ्लोरा एक्स्पो’ सुरु भएको हो ।

स्टलमा विभिन्न प्रजातिका फूल राखिएको छ । एक्स्पो चैत ८ गतेसम्म चल्ने छ । एक्सपोमा ८३ वटा स्टल रहेका छन् ।

काठमाडौँ, ५ चैतः फ्लोरा कल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजना र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा काठमाडौँको भृकुटीमण्डपमा भएको ‘२७औँ फ्लोरा एक्स्पो २०८२’ स्टलमा राखिएका विभिन्न प्रजातिका फूल । आजदेखि सुरु भएको पुष्प मेला यही चैत ८ गतेसम्म रहने छ । । तस्बिरः किरणराज विष्ट÷रासस
विभिन्न प्रजातिका फूलहरु काठमाडौँ, ५ चैतः फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजना र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा काठमाडौँको भृकुटीमण्डपमा भएको ‘२७औँ फ्लोरा एक्स्पो २०८२’ स्टलमा राखिएका विभिन्न प्रजातिका फूल । आजदेखि सुरु भएको पुष्प मेला यही चैत ८ गतेसम्म रहने छ । तस्बिरः किरणराज विष्ट/रासस
काठमाडौँ, ५ चैतः फ्लोरा एक्स्पो-उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजित ‘२७औँ फ्लोरा एक्स्पो २०८२’ को उद्घाटन गर्नुहुँदै । आजदेखि सुरु भएको पुष्प मेला यही चैत ८ गतेसम्म चल्ने छ । तस्बिरः किरणराज विष्ट/रासस