सुन तोलाको तीन लाख दुई हजार ३०० रुपैयाँ


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ४०० र चाँदी १४० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको छ ।

बुधवार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० रुपैयाँ कायम भएको थियो । गत मङ्गलवार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी रु पाँच हजार ३३५ कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।