गाईघाट । उदयपुरको बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान प्रदेश १–०४०० १ त१३३२ नम्बरको ट्याक्टर बानडाँडा क्षेत्रमा खेत जोत्न जाने क्रममा गिदेरी खोलाको उकोलोमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याक्टर चालक बेलका–२ बानडाँडाका १८ वर्षीय सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय रामपुरको टोली घटनस्थल पुगेर मृतकको शवलाई पोष्टमार्टमका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाएको उनले बताए ।

प्रतिक्रिया