काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले समानुपातिक बन्दसूचीमा रहेकामध्ये चार जनाको नाम टुंग्याएको हो ।
राप्रपाले खसआर्यबाट भरत गिरी, मुस्लिमबाट ताहिर अली, महिला खसआर्यबाट खुस्बु ओली र जनजाति महिलाबाट सरस्वती लामाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

प्रतिक्रिया