रास्वपाले २४ स्थानमा जित्दा कांग्रेस ५, एमाले एक


काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। अहिलेसम्म ३१ क्षेत्रको अन्तिम परिणाम आएको छ । ३१ निर्वाचन क्षेत्रमध्ये २४ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् भने पाँचमा कांग्रेस, दुई वटामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एउटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने, बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार, बाँके १ मा रास्वपाका सुरेश कुमार चौधरी, काठमाडौँ २ मा रास्वपाका सुनिल केसी, काठमाडौं–४ मा रास्वपाका उम्मेदवार पुकार बम, मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूविना आचार्य, रूपन्देही ४ मा रास्वपाका कन्हैया बनिया, स्याङ्जा–१ मा रास्वपाका धनञ्जय रेग्मी, महोत्तरी–१ मा रास्वपाका प्रमोदकुमार महतो, काठमाडौं–९ मा रास्वपाका उपसभापति डिपी अर्याल, काठमाडौं–१ मा रास्वपा उम्मेदवार रञ्जु दर्शना, रास्वपाका राजुनाथ पाण्डे, काठमाडौं–६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल, काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली, काठमाडौं–८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ, काठमाडौं–१० मा रास्वपा उम्मेदवार प्रदीप विष्ट, भक्तपुर १ मा रास्वपाको रुकेश रन्जित, कास्की–३ मा रास्वपाकी बिना गुरूङ, मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी, काठमाडौं–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेल, कास्की–२ मा रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेल, धनुषा–३ मा रास्वपाका प्रवक्ता मनिष झा निर्वाचित भएका छन् ।

त्यसैगरी तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा, रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य, मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली, दैलेख–१ मा नेपाली कांग्रेसकी बास्ना थापा विजयी भएकी छन् । त्यस्तै म्याग्दीबाट महावीर पुन निर्वाचित भएका छन् ।

त्यस्तै रूकुममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’, कालिकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । त्यस्तै बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन् ।

अहिले रास्वपा ९३ स्थानमा अग्रस्थानमा, कांग्रेस र एमाले १० १० स्थानमा, नेपाली कम्युनिष्ट पार्टी ११ स्थानमा, राप्रपा एक स्थानमा, श्रम संस्कृति पार्टी पाँच स्थानमा अग्रस्थानमा छन् ।