भक्तपुरका  दुवै क्षेत्रमा रास्वपा अगाडि


भक्तपुर ।  जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

क्षेत्र नम्बर–१ मा रुकेश रन्जितले  तीन हजार ४५२, नेमकिपाका प्रेम सुवालले एक ९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, क्षेत्र नम्बर २ मा रास्वपाका राजीव खत्रीले दुई हजार, नेकपा एमालेका महेश बस्नेतले एक हजार २८१ र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गरेका छन्।