काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक संस्कार भएका उम्मेदवारहरुलाई मात्र मत दिन अपील गरेका छन् । अनलाइनखबरलाई दिएको अन्तरवार्तामा गृहमन्त्री अर्यालले राजनीतिक संस्कार नभएकाहरुलाई मत नदिन अपील गरेका हुन् । उनले भोट ह्वीममा दिने कुरा नभएको बताएका छन् ।
उनले भनेका छन्, ‘भोट ह्वीममा दिने कुरा होइन, राजनीतिक संस्कार भएकालाई नै दिनुहोला । राजनीतिक संस्कार नै नभएका व्यक्तिहरु भोलि संसद वा सरकारमा गए भने मुलुकलाई राम्रो होइन,नराम्रो बढी हुनसक्छ ।’
उनले राजनीतिक संस्कार नभएकाले जितेमा प्रणाली नै भत्काउन सक्ने भएकाले विवेक पुर्याएर मात्र मतदान गर्न आग्रह गरे । उनले भने, ‘राजनीतिक संस्कार नभएकाहरुले भोलि प्रणाली नै भत्काउन सक्छन्, त्यसैले राजनीतिक संस्कार सबैभन्दा मुख्य कुरा हो।’

प्रतिक्रिया