सुन तोलाको तीन लाख २८ हजार ६०० रुपैयाँ


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा दुई हजार ५०० र चाँदी प्रतितोला २०५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख २८ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ८१५ निर्धारण भएको छ ।

सोमबार एक तोला सुन रु तीन लाख २६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु छ हजार २० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।