काठमाडौं । सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
यसअघि निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया