रौतहट । रौतहटको गौर नगरपालिका–६ सवगढामा शनिबार दुई पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कफ्र्यु लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले झडपले अवस्था तनावग्रस्त बनेपछि कफ्र्यु आदेश जारी गरेको बताए । उनकाअनुसार सदरमुकाम गौर भन्सार कार्यालय, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर क्षेत्रभित्र कफ्र्यु आदेश जारी भएको छ ।
केही समयअघि झडपको क्रममा एउटा सवारीसाधनमा आगजनी भएको थियो । त्यसपछि अवस्था तनावग्रस्त बनेको हो ।


प्रतिक्रिया