दाङ-३ का रास्वपाका उम्मेदवारको सम्पर्क कार्यालय तोडफोड


दाङ । दाङ क्षेत्र नम्बर ३ का रास्वपा उम्मेदवार कमल सुवेदीको निर्वाचन कार्यालय तोडफोड भएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालय तोडफोड भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कार्यालय तोडफोड गरेर निर्वाचन प्रचार सामग्री च्यातिएका छन् ।

रास्वपाका कार्यकर्ताहरुले भने एमालेका कार्यकर्ताहरुले तोडफोड गरेको आरोप लगाएका छन् । शुक्रबार मात्रै रास्वपाले दाङ २ मा सभापति रवि लामिछानेको उपस्थितिमा चुनावी सभा गरेको थियो ।

बिहीबार राति दाङमा एमालेको चुनाव चिन्हमा आगो लागेको घटनाले नेकपा एमालेका नेता कार्यकर्ता आक्रोशित भएका छन् । एमालेले झण्डा जलाएको आरोप रास्वपामाथि लगाएको छ भने रास्वपाले भने त्यसको खण्डन गरेको छ ।