हङकङ । हङकङको एक अदालतले उद्योगपति जिमी लाईलाई राष्ट्रिय सुरक्षा सम्बन्धी अपराधमा दोषी ठहर गर्दै २० वर्षको जेल सजाय सुनाएको छ।
उनलाई गत डिसेम्बरमा दोषी ठहर गरिएको थियो । ब्रिटिश पासपोर्टधारी लाईलाई औपनिवेशिक कालको अलग्गै कानुनअन्तर्गत देशद्रोहको आरोपमा पनि दोषी ठहर गरिएको छ ।
कसैले उनलाई नायकका रूपमा हेर्ने गरेका छन् भने कसैले गद्दारको संज्ञा दिएका छन्। राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत अभियोग लाग्ने व्यक्तिहरूमध्ये जिमी लाई सबैभन्दा चर्चित व्यक्ति मानिन्छन् ।
जेलमा रहँदा लाईको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उनका परिवारले पटक–पटक चिन्ता व्यक्त गरेका छन्। यद्यपि हङकङ र चिनियाँ अधिकारीहरूले भने उनी स्वस्थ रहेको र उनका अधिकारहरू पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेका छन्।

प्रतिक्रिया