काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपेटिका जिल्ला जिल्लामा पठाउने तयारी गरेको छ । आयोगले केही जिल्लामा मतपेटिका पठाइसकेको छ भने बाँकी जिल्लामा पनि पठाउने तयारी गरेको छ ।
मतदान केन्द्रमा मतपेटिका पठाउन मतपेटिका व्यवस्थापनका लागि यतिबेला कर्मचारीलाई भ्याइनभ्याइ भएको छ । समानुपातिकतर्फको मतपत्र छपाइ यसअघि नै सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्र छपाइ पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
तस्बिरः प्रदीपराज वन्त/रासस





प्रतिक्रिया