काठमाडौँ । आइसीसी टी–२० विश्वकप २०२६ को पहिलो खेलमा पाकिस्तानले टस जितेको छ । श्रीलंकाको कोलम्बोमा हुने समुह ए अन्तर्गतको यस खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरको छ । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिङ गर्ने भएको छ ।
प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुदैछन् । आज पहिलो खेल बिहान सवा ११ बजे समुह ए का पाकिस्तान र नेदरल्याण्डसबीच कोलम्बोमा हुदै छ भने दोस्रो खेल समुह सी का स्कटल्याण्ड र वेस्ट इण्डिजबीच कोलकोतास्थित इडेन गार्डेनमा दिउसो सवा ३ बजेदेखि हुदै छन् ।
त्यस्तै आज तेस्रो खेल समुह ए को भारत र अमेरिकाबीच राति सवा ७ बजे मुम्बईको वाङखडे स्टेडियममा हुने छ ।

प्रतिक्रिया