राष्ट्रिय लिगमा मच्छिन्द्रको जित


काठमाडौं। राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले आफ्नो अपराजित यात्रा जारी राखेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा मच्छिन्द्रले श्री भगवती क्लबलाई २–० ले पराजित गरेको हो ।

जितसँगै मच्छिन्द्रले ६ खेलबाट १६ अंक पूर्याएको छ। जारी लिगमा मच्छिन्द्रको यो पाँचौं जित हो। यता भगवतीले ६ खेलबाट चौथो हार ब्यहोरेको छ। उसको चार अंक छ।