काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको १८ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा स्रोत नखुलेको रकम लिएर हिँडिरहेको अवस्थामा उदयपुरका ४५ वर्षीय प्रविन किसनलाई पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ किसनसँग स्रोत नखुलेको १८ लाख ५० हजार नगद बरामद गरिएको जानकारी दिए । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उक्त रकमसहित आन्तरिक राजस्व कार्यालय हरिहरभवन ललितपुर पठाइएको प्रवक्ता भट्टराईले बताए ।

प्रतिक्रिया