भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा जारी तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप प्रतियोगितामा छथर गाउँपालिका तेह्रथुम र अल स्टार फुटबल क्लब धरान फाइनमा प्रवेश गरेका छन् ।
बिहीबार भएको सेमिफाइनल खेलमा गुठा फुटबल क्लव टेम्केमैयुङलाई ३–० गोलअन्तरले पराजित गर्दै अल स्टार फुटबल क्लब धरान र दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङलाई ४–१ गो अन्तर हराउँदै छथर गाउँपालिका फाइनलमा प्रवेश गरेका हुन् ।
पौवादुङमा रङ्गशालामा फाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीयलाई दुई लाख मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया