काठमाडौँ । नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नइ एकेडेमीले नेपाल र भारतका सातजना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गर्ने भएको छ। विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत उनीहरूलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएकाे छ ।
उक्त पुरस्कारकाे राशि जनही २५ हजार रुपैयाँ छ। नइ शताब्दी पुरस्कारबाट पुरस्कृत हुने प्राज्ञहरूमा डा. रमा सिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्रा.डा. कृष्णराज घतानी छन् ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा साेमबार बसेको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।

प्रतिक्रिया