काठमाडौँ । पाकिस्तानले आइसीसी टी–२० विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्डले टी–२० विश्वकपमा सहभागी हुने तर फेब्रुअरी १५ का लागि तय गरिएको भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको जानकारी दिएको छ ।
पाकिस्तान सरकारले भनेको छ, ‘पाकिस्तान सरकारले पाकिस्तान क्रिकेट टोलीलाई आईसीसी विश्व टी–२० २०२६ मा भाग लिन स्वीकृति प्रदान गरेकोछ, यद्यपि, पाकिस्तान क्रिकेट टोली १५ फेब्रुअरी २०२६ मा भारतविरुद्धको खेलमा मैदानमा उत्रने छैन ।’
यसअघि बंगलादेशले भारतमा विश्वकप नखेल्ने अडान लिएपछि आइसीसीले उसलाई बाहिर निकालेर उसको स्थानमा स्कटल्याण्डलाई विश्वकप खेल्ने अनुमति दिएको थियो ।

प्रतिक्रिया