न्यायमूर्तीहरुको निन्दा समग्र राजनीतिक प्रणालीकै कमजोरी होः कमल थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पत्नी हत्याको अभियोगमा जेल परेका रञ्जन कोइरालाको कैद सजाय सर्वोच्च अदालतले घटाएबाट न्याया मरेको अभाष भएको बताएका छन् ।

शनिबार ट्वीट गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘समकालीन नेपाली ईतिहासमा अहिले जस्तो न्यायालय र न्यायमूर्तीहरुको निन्दा, बिरोध,भत्र्सना कहिल्यै भएको थिएन । न्याय मरेको आभाष भएको छ । दलगत भागवण्डामा न्यायाधीशको नियुक्ति, भ्रष्ट प्रवृत्ति र दण्डहीनताको परिणाम हो यो । यो समग्र राजनीतिक प्रणालीकै कमजोरी हो । बाटो गलत छ । समयमै सच्याउने साहस गरौं ।’