राष्ट्रपति र प्रधानमन्त्रीबीच निर्वाचन केन्द्रित छलफल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बुधबार बिहान राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की शीतलनिवास पुगेकी थिइन् ।

भेटमा उनीहरुबीच आसन्न निर्वाचन र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।