बारा । बाराको परवानीपुरमा गएराति आमाछोराको हत्या भएको छ । परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा गएराति अज्ञात समूहको आक्रमणबाट ४६ वर्षीया सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटनामा ससुराबुहारी गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार आक्रमणमा मृतक महिलाका पति ५० वर्षीय जगरुप र बुहारी २८ वर्षीय मनिता देवी गम्भीर घाइते भएका छन् ।
उनीहरूको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया