काठमाडौं । कोरोना भाइरसको जोखिम र लकडाउनका कारण रोकिएको रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार मध्यान्ह १२ बजेर १५ मिनेटमा शुभसाइत निकालेपछि सोही साइतमा ललितपुरको पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो ।
रथारोहणका लागि पुल्चोकमा ३२ हात लामो धःमा, बाराहीले आवश्यक सुनको झ्याल र रथमा चाहिने तोरन राख्ने काम सम्पन्न भएको छ । यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो ।
यस वर्ष कोभिड–१९ का कारण यही असार १० गतेदेखि बुँगद्यःको रथ निर्माणको काम अघि बढाएको हो । मच्छिन्द्रनाथको रथयात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

प्रतिक्रिया