काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । सोमबार नेप्से ३ दशमलव ०७ अंकले घटेर २७६९.०९ विन्दुमा रोकिएको हो ।
नेप्से परिसूचक सामान्य अंकले घटेपनि कारोबार रकम भने आइतबारको तुलनामा वृद्धि भएको छ । आज ३३२ वटा कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा आएकामध्ये ८८ वटा कम्पनीको मूल्य बढ्दा १६५ वटाको घटेको छ । कारोबार रकमका आधारमा हिमालयन पावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६५ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

प्रतिक्रिया