धन्यवाद केपी ओली, धन्यवाद बालेन !


-नारायण पौडेल

मंगलबार बालेन र केपी ओलीलाई धन्यवाद भन्ने दिन हो । किनकी उनीहरुकाका कारण निर्वाचनको आधाउधि काम सकिएको छ । नेपाली राजनीति दुई अतिवादको चेपुवामा परेको छ । एउटा जिम्मेवारी प्राप्त हुँदा असंवेदनशील रहने, दुई तिहाई बहुमत पनि गफैगफमा खेर फाल्ने, समयमा सावधानी नअपनाउने तर परिणाम प्रतिकुल आएपछि विदेशीलाई धारे हात लगाउने । यो प्रवृत्तिले भदौ २३ को नरसंहारसम्म मुलुकलाई पुर्यायो ।

अर्को अतिवाद हो–आवरणमा अचाक्ली आदर्श देखिने, सारमा देशलाई रसातलमै पुर्याउन पछि नपर्ने । नवयुवालाई अघि सारेर आफ्नो मक्सद पूरा गर्ने, फूल चुँडिदा अरुलाई कारबाहीको डण्डा बर्साउने तर व्यक्तिगत झोकमा सिंहदरबार समेत जलाइदिने उद्घोष गर्ने । कालान्तरमा सिंहदरबार जलाउने घटनाक्रमलाई मलजल गर्ने । सामाजिक सञ्जालमार्फत पपुलिष्ट रहने तर पिपलसँग फेस टु फेस हुन नसक्ने । यो प्रवृतिले भदौ २४ लाई पृष्ठपोषण गरेको हो ।

पहिलो प्रवृत्तिको अगुवाई केपी ओलीले र दोस्रो प्रवृत्तिको अगुवाई बालेनले गरिरहेका छन् । यि दुबै प्रवृत्ति पराजय नेपालको वृहत्तर हितमा रहनेछ । दुई प्रवृत्तिका प्रमुख एकै ठाउँमा प्रतिस्पर्धा गर्दा एकको हार निश्चित छ । तसर्थ आधा उपलब्धी हासिल भैसकेको मान्नुपर्छ । र, यो उपलब्धी दिलाउन यि दुई स्वंयका कारण सम्भव भएको छ । तसर्थ यि दुईलाई धन्यवाद ।

बाँकी आधा उपलब्धी पनि झापाली मतदाताले चाहेमा पूरा हुनेछ । झापा ५ मा माटो, रुख, तारा, चीम, हलो जसले जितेपनि केही फरक पर्दैन । समानुपातिकतर्फ घण्टी वा सूर्यलाई छाप लाएनि हुन्छ । तर, बा र बालेन हार्नुपर्छ । ब्रम्हले देखेको बोलेको हो, लिनुदिनु केही छैन ।