‘सही समय आएपछि’ भेनेजुएलाको राष्ट्रपति बन्ने मचाडोको दावी


वासिङ्टन । भेनेजुएलाका शक्तिशाली शासक निकोलस मदुरोलाई अपदस्थ गरेपछि अमेरिकाले आफूलाई पाखा लगाए पनि ‘उपयुक्त समय आएपछि’ राष्ट्रपतिमा निर्वाचित हुने भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले बताएकी छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मदुरोका पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई तेलको धनी देशको अन्तरिम नेताको रूपमा समर्थन गरेका छन् ।

“मलाई विश्वास छ, म सही समय आएपछि भेनेजुएलाको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित हुनेछु,” मचाडोले वाशिङ्गटनमा ट्रम्पसँग भेटेपछि ‘फक्स न्यूज’को ‘फक्स एन्ड फ्रेन्ड्स शो’मा भनिन् ।

मचाडोको पार्टीले सन् २०२४ को निर्वाचन परिणाम घोषणामा धाँधली गरेको (निर्वाचन चोरेको) प्रमाण प्रस्तुत गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मचाडोलाई भेनेजुएलाका जनताबीच पर्याप्त समर्थन नभएको भन्दै भेनेजुएलाको विशाल तेल भण्डारमा अमेरिकी पहुँचको लाइनमा अडिग रहेसम्म रोड्रिगेजसँग सहकार्य गर्न इच्छुक देखिएका छन् ।

“म मेरो देशको सेवा गर्न चाहन्छु र मसँग त्यो जनमतछ,” मचाडोले फक्सलाई भनिन् ।