महामन्त्रीद्वयसँग निर्णायक वार्तामा देउवा


काठमाडौँ । नेपाली कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल थालेका छन् ।

देउवा निवास महाराजगञ्जमा उनीहरुबीच निर्णायक वार्ता सुरु भएको हो । भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम अगाडि बढ्दा देउवाले निर्णायक वार्ताका लागि महामन्त्रीलाई निवासमा बोलाएका हुन् ।

बैठकमा संस्थापन पक्षधरका बालकृष्ण खाण र रमेश लेखकसँगै शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजालसहितका नेता छन् । यसअघि मंगलबार पटक पटक वार्ता भएपनि सहमति भएको थिएन ।