काठमाडौं । कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सवइन्जिनियर चन्द्रदेव भट्ट २० हजार घुस रकमसहित पक्राउ परेका छन् ।
सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीबाट २० घुस लिँदै गरेको बेला पक्राउ गरेको हो । उनका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया