काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।
निर्वाचन कार्यक्रम अनुसार साढे १२ देखि मतदाता नामावली प्रकाशन राखिएको छ । मनोनयन दर्ता २ देखि ३ बजेसम्मलाई तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ८ः४५ लाई निर्धारण गरिएको छ । त्यस्तै आजै राति ९ बजेबाट भोलि बिहान १ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए ।



प्रतिक्रिया