विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया सुरु


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका निर्वाचन प्रक्रिया सुरु भएको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यक्रम अघि बढाउने निर्णय गरेका हुन् । निर्वाचन समितिका संयोजक केसीको नेतृत्वमा बसेको बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाएको हो ।