काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
मंगलबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल, नेता वर्षमान पुन लगायतले सुवेदीलाई पार्टीमा स्वागत गरेका छन् । सुवेदी ०७१ सालमा मोहन वैद्य नेतृत्वमा तत्कालीन नेकपा माओवादी विभाजित भएदेखि नै विप्लवसँग नजिक रहेर काम गर्दै आएका थिए । उनी राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीका छोरा हुन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा विप्लवले रोल्पाबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रतिक्रिया