काठमाडौँ । सशस्त्र प्रहरीले मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट सोमबार २ करोड, २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट (भेप)सहित सिन्धुपाल्चोको सुनकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ३२ वर्षीय पेमा लामालाई नियन्त्रणमा लिएको छ ।
ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा ३/४ दिन अघि चीनबाट अवैध रुपले ल्याई नेपाल चीन सीमानाको कोरोला नाका नजिक गाडीमा लोड गरी राखेको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित सोमबार उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङ्गबाट सशस्त्र प्रहरी नायव निरीक्षक उदयबहादुर कुमाल कमाण्डमा खटिएको सुरक्षा फौजसहित मुस्ताङ भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनीधिहरुको संयुक्त टोलीले इलेक्ट्रिक चुरोट बोकेको कन्टेनरसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने नियन्त्रणमा लिइएका लामालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ । कन्टेनर बिग्रिएका कारण कन्टेनरमा रहेको टिसी पेपर र ट्वाइलेट पेपर भने सोही ठाउँमा भन्सार कार्यालयले सिल गरी राखेको छ ।


प्रतिक्रिया