काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान हात्तिगौंडास्थित लामिछाने निवास पुगेर लिङ्देनले लामिछानेसँग भेटवार्ता गरेका हुन् । भेटमा उनले लामिछानेलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएका छन् ।
पुस २७ गते राप्रपाले राष्ट्रिय एकता दिवसका रुपमा पृथ्वी जयन्ती मनाउँदैछ । त्यस अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ ।
भेटमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनकाबारेमा पनि छलफल भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछाने आज एकाबिहानै संवादमा । चुनावबारे कुनै आशंका छ र ? कुरो त्यहाँबाट शुरु भयो है ।’
यसअघि बुधबार अध्यक्ष लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निम्ता दिएका थिए ।

प्रतिक्रिया