काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले विशेष महाधिवेशनले पार्टीलाई अझ बलियो बनाउने बताएका छन् । उनले विशेष महाधिवेशन बाध्यकारी भएकाले यो वैधानिक रहेको बताए ।
उनले अहिलेको नेपाल भदौ २४ अघिको नभएको भन्दै नयाँ सोचका साथ अघि बढ्नु पर्ने बताए । विशेष महाधिवेशन हस्ताक्षर गर्ने र नगर्ने सबैको भएको बताए । उनले विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि र बदल्नुपर्ने देशका लागि भएको बताए ।

प्रतिक्रिया