काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरिने स्पष्ट पारेका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको केन्द्रीय परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘कुनै गठबन्धन भएको छैन, हुँदैन पनि ।’
अन्य राजनीतिक दलबीच भएको र हुनसक्ने गठबन्धनबाट नेकपा नडराएको जनाउँदै संयोजक दाहालले राष्ट्रियसभामा दलहरूबीच सीट बाँडफाँट भएको कुरा झुट भएको बताए ।
‘राष्ट्रियसभामा गठबन्धन भए मात्रै सीट लिने होइन, मतभार जसको जति छ, त्यो अनुसार पाउने अधिकारको कुरा हो, यद्यपि यसबारेमा सहमति भइसकेको छैन’, उनले भने ।

प्रतिक्रिया