सुन तोलाको दुई लाख ६५ हजार रुपैयाँ


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ६५ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदी आज तोलामा चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।