पोखरा । पर्यटकीय राजधानी पोखराको पामेमा नेशनल अटोक्रस च्याम्पियनसिप आयोजना गरिएको छ । अटोमोवाइल एसोसिएसन गण्डकी, जियोन ओभरल्याण्ड र मोटरभर्स स्पोर्टस् क्लबको आयोजनामा ड्राइभ टुरिजम र सडक सुरक्षाको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले च्याम्पियनसिप गरिएको हो ।
च्याम्पियनसिपमा ४ महिला सहित ३६ जना कार राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो । मोटर स्पोर्टस्को प्रमुख विद्याका रुपमा रहेको अटोक्रस अन्तरगत सहभागीहरूले माटो, ग्राभेल वा पिच ट्र्याकमा टाइम–अट्याक शैलीमा सकेसम्म छिटो र सटिक रूपमा रेस पुरा गर्ने गर्दछन् । यसमा स्किल र स्ट्राटेजी निकै महत्त्वपूर्ण हुने बताइएको छ ।
यसअघि च्याम्पियनसिपको शुभारम्भ गर्दै नगर प्रमुख धनराज आचार्यले साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।
पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा अझ मजबुत बनाउन निजी क्षेत्र, युवाहरू तथा पर्यटनसँग सम्बन्धित सङ्घ–संस्थाको सक्रिय सहभागिता अत्यावश्यक रहेको उनले बताए ।

प्रतिक्रिया