चितवन । चितवनको सौराहामा आजदेखि १९ औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा महोत्सव सुरु भएको हो ।
महोत्सवको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले उद्घाटन गरेका छन् । हात्ती तथा पर्यटन महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउनु रहेको आयोजकले जनाएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवको अवसरमा हात्ती केवल जनावर मात्र नभई नेपालको संस्कृति र पहिचानको अभिन्न अंग भएको उल्लेख गरे ।
आयोजकका अनुसार महोत्सवले सौराहाको पर्यटन प्रवद्र्धनसँगै स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणको सन्देश विश्वसामु पर्याउने अपेक्षा गरिएको छ । महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया