प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन् ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।