एमालेका नवनिर्वाचित पदाधिकारीले लिए शपथ


काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार साँझ नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले महाधिवेशनस्थल भृकुटीमण्डपमा शपथ लिएका हुन्

। उनीहरुलाई एमाले केन्द्रीय निर्वाचन आयोगमा अध्यक्ष डा. विजय सुब्बाले खुवाएका थिए । केन्द्रीय सदस्यहरुलाई भने अध्यक्ष ओलीले शपथ खुवाएका थिए ।