योगेश भट्टराईको टिप्पणीः ११ औँ महाधिवेशनमा ईश्वर र सुरेन्द्रले साहस देखाउनुभयो


काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले अध्यक्षमा पराजित ईश्वर पोखरेल र महासचिवमा पराजित सुरेन्द्र पाण्डेले ११ औँ महाधिवेशनमा साहस देखाएको बताएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि भट्टराईले उनीहरुको निष्ठा र साहसको उच्च सम्मान सहित सलाम गर्ने बताए ।

उनले भनेका छन्, ‘कमरेड ईश्वर पोखरेल, कमरेड सुरेन्द्र पाण्डे । तपाईंहरुको इमान, निष्ठा र साहसको उच्च सम्मान सहित सलाम गर्दछु । टीमका सम्पूर्ण कमरेडहरूको एकता र सहकार्यप्रति आभारी छु । सम्पूर्ण प्रतिनिधि सहित पार्टीका तमाम कमरेडहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । पार्टी सदस्य तथा आमजनसमुदायको निगरानी र परीक्षामा सदा रहिरहने छु ।’