‘मायालु तिमी कता छौं – २ (सिरिरी सिरिरी)’ सार्वजनिक


नायाँ गीत ‘मायालु तिमी कता छौं – २ (सिरिरी सिरिरी)’ सार्वजनिक भएको छ । गीतमा स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वर रहेको रहेको छ । स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।

गीतमा कलाकार पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको छ । गज्जब टिभी युट्युब च्यानलमार्फत म्युजिक भिडिया सार्वजनिक गरिएको छ । गीतको शब्द प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका हुन् । संगीत गायक शिवाकोटीले नै दिएका छन् ।