टस जितेर विराटनगरले पहिले फिल्डिङ गर्ने


काठमाडौँ। विराटनगर किंग्सले नेपाल प्रिमियर लिगको फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । त्रिवि क्रिकेट मैदानमा कप्तान सन्दीप लामिछानेले पहिले फिल्डिङ रोजेका हुन् ।

यस्तै, टस हारेको सुदूरले पहिले ब्याटिङको निम्तो पाएको हो । विराटनगरले पछिल्लो खेलबाट शंकर रानाको स्थानमा आज नारायण जोशी खेल्दैछन् । त्यस्तै सुदूरपश्चिमले अघिल्लो खेलबाट पाँच परिवर्तन गरेको छ । आजको विजेता टोली फाइनल प्रवेश गर्नेछ ।