सिंगापुरबाट फर्किए देउवा दम्पती


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजू राणा शुक्रबार राति स्वदेश फर्किएका छन् । उपचारका लागि सिंगापुर गएका देउवा दम्पती शुक्रबार राति स्वदेश फर्किएका हुन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको आक्रमणमा परी उनीहरु घाइते भएका थिए ।

आक्रमणमा सभापति देउवाको टाउको र घाँटीमा चोट लागेको थियो । थप उपचारका लागि देउवा दम्पती कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए ।